ओली शक्तिको दम्भले भुँडी फुटेको भ्यागुत्तोजस्तै हुनेछन् : जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको दम्भले भ्यागुतोको भुँडी फुटेर समाप्त भए जस्तै समाप्त हुने बताएका छन्।

शर्माले ओलीलाई यो देशकै सबैभन्दा निरीह, कमजोर व्यक्तिको रुपमा चित्रण गरेका छन।  नेकपाको प्रचण्ड–नेपाल पक्षले शनिबार विराटनगरमा गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम बोल्दै नेता शर्माले विदेशीको इसारामा लम्पसार परेर ओलीले संसद विघटन आरोप लगाए। 

‘विदेशीको इसारामा संसद विघटन गरेर आफूले ठूलो उपलब्धि पाएको भ्रममा छन्, त्यो ओलीका लागि दिवा सपना मात्र हुनेछ’ नेता शर्माले भने, ‘संसद विघटन गरेको दिन नै ओली समाप्त भइसकेका छन।’

केपी ओली अहिले जति नै मन्त्री थपे पनि र पार्टीमा जतिसुकै कार्यकर्ता भर्ती गरेपनि कुनै अर्थ नहुने पनि बताए।  

नेता शर्माले संसद विघटन गर्ने ओली महाभारत कथाका पात्र सकुनी भएको शर्माले आरोप लगाए।  ओलीले पार्टी, राज्य, जनता र कार्याकर्तालाई छलेर गरेको संसद विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीमा सकुनी चरित्र उदांगिएको आरोप लगाएका हुन्। 

उनले आफूहरु नै नेकपाको संस्थापन पक्ष रहेको दाबी समेत गरे।  ‘आधिकारिक पार्टीको चिन्ह सूर्य हामीलाई नदिने निर्णय गर्ने सरकारका संयन्त्रसँग हिम्मत आँट होला त ? के सम्भव होला त?’ शर्माले प्रश्न गरे।  पार्टी भनेको एक व्यक्तिको हैकममा नभएर विधिमा चल्नुपर्ने शर्माले स्पष्ट पारे।  



त्यसैगरी स्थायी समिति सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीको कदम समग्रमा राष्ट्रियतालाई कमजोर पर्ने उदेश्यको आधारमा  आएको ठहर गरे।  उनले संसद विघटनलाई कम्युनिष्ट, लोकतन्त्र र राष्ट्रमाथिको रुपमा बुझ्नु पर्ने बताए।   



विदेशी शक्तिको योजनामा मुलुकबाट धर्मनिरपेक्षता हटाउने र हिन्दु राष्ट्र बनाउने योजनाले पनि संसद विघटन गरिएको नेता ज्ञावालीको भनाइ छ। 

  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार १७:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया