कर्णाली प्रदेशका तीन जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्। प्रदेशका १० वटा जिल्ला मध्ये कालिकोट, रुकुम पश्चिम र मुगुमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार रुकुम पश्चिममा दुई सय ५५ जना, कालिकोटका ३ सय २८ र मुगु जिल्लामा ४१ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
हाल सबै जना संक्रमण मुक्त भएको सामाजिक विकास मन्त्रालयका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए। हाल सुर्खेतमा ९७ जना, दैलेखमा दुईजना, जाजरकोटमा १४ जना, सल्यानमा ३१ जना, जुम्लामा ६ जना, हुम्लामा ११ जना र डोल्पामा ९ जना गरेर १७० सक्रिय संक्रमित रहेका छन्।
हालसम्म कर्णालीमा कुल कोरोना संक्रमण पुष्टी हुनेको संख्या सात हजार ३५७ पुगेको छ। भने हालसम्म ९६ हजार १०२ आरटी–पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
कुल संक्रमित मध्ये सात हजार १८ जना संक्रमण मुक्त भइसकेका छन्। कोरोना संक्रमण भएकाहरु मध्ये कर्णालीमा हालसम्म २६ जनाले मृत्यु भएको छ। जसमा सुर्खेतका १५, दैलेखका ६, बाँकेका २, डोल्पा, कालिकोट र रुकुम पश्चिम एक–एक जना रहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।