प्रधानमन्त्री ओलीको कमेडी अवतारः प्रचण्डको डुप्लिकेट कसलाई भने आजको सम्बोधनमा ?

प्रधानमन्त्री केपी शर्मा ओली हाँस्यरसले भरिएका नेता हुन् । यसअघि बारम्बार उनलाई उखान तुक्कालाई निकै धेरै प्रयोग गर्ने नेताका रुपमा चित्रण गर्दै आइएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यो अवतार शनिबार प्रज्ञा भवनमा भएको उनको समूहको नेकपाको कार्यक्रममा पनि देखाए । 

एक घन्टाभन्दा लामो भाषण गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निकै धेरै तुक्काहरु मात्र जोडेनन्, विभिन्न सन्दर्भमा नेकपाको अर्को समूह प्रचण्ड–नेपाल समूहका नेताहरुमाथि आक्रमण पनि गरे । 

प्रधानमन्त्री ओलीले शनिबारको कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको विभिन्न सन्दर्भमा नाम मात्र लिएनन्, उनीहरुको आचरण र व्यवहारमाथि पनि आक्रमण गरे । 

यस्तै सम्बोधनको एउटा प्रसंगमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई जोडेका छन् । 

यो कथा हो, एउटा गुडियाको । प्रधानमन्त्री ओलीले भाषण सुरु गरेको केही समयमा भन्न थाले– एउटा साथीले एउटा गुडिया लिएर आएछ । गुडिया लिएर आएपछि अर्को साथीलाई पनि त्यो गुडिया मन परेछ ।



‘अर्को बच्चाले हेरेछ त्यो गुडियालाई,’ ओलीले भने, ‘कति राम्रो रहेछ है भनेछ, एक छिन मलाई सुमसुमाउन देउ नै है भनेछ । एक छिनपछि त यो मेरै हो भन्न थालेछ ।’

त्यसपछि बल्ल प्रधानमन्त्री ओलीले यसमा प्रचण्डको नाम जोडेका छन् । 



‘कस्तो प्रचण्डको डुप्लिकेट रहेछ,’ ओलीले भनेका छन्, ‘एकता के गरिएको थियो, एकछिन खेलाउन के दिएको थियो ।’ ओलीले त्यसपछि ‘के कार्यकारी दिएको थियो, सबै मेरो हो भन्न थालेछन्’ भनेर आफ्ना कुरा टुङ्ग्याएका छन् । 

हेर्नुस् भिडियो–
 

  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार १८:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया