जागिरका लागि आवेदन दिनुअघि यसरी बनाउनुस् बायोडाटा

काठमाडौं– जागिरका लागि आवेदन दिँदा बायोडाटा आवश्यक हुन्छ । बायोडाटाकै माध्यमबाट कम्पनीले आवेदकको योग्यता जाँच्छ । आन्तरिक छनोट प्रक्रियामा पनि बायोडाटाको भूमिका महत्वपूर्ण हुन्छ । 

धेरै मानिस कम्पनीलाई प्रभावित गर्न भन्दै लामो बायोडाटा लेख्छन् । तर, करिअर काउन्सेलरहरु भने केवल एक पेजको बायोडाटा बनाउन सुझाब दिन्छन् ।

किन एक पेजको बायोडाटा ?

व्यावसायिक बायोडाटा लेखकहरुको अनुभवमा आवेदक अनुभवी भए पनि, नभए पनि जागिरका लागि छनोट हुन एक पेजकै बायोडाटा काफी छ । अचेल बायोडाटा इमेलबाट पठाउने ट्रेन्ड छ । धेरैजसो मानिस इमेल अट्याचमेन्टमा पहिलो पेज मात्रै पढ्न रुचाउँछन् ।

यदि तपाईंले लामो बायोडाटा लेख्नुभयो भने त्यो पढिने सम्भावना न्यून रहन्छ । त्यसैले पनि बायोडाटा एक पेजकै हुनु राम्रो । तर, आर्टिस्ट, डिजाइनर वा एकेडेमिक अनुसन्धानकर्ताको बायोडाटा भने अलि लामो हुन सक्छ ।

यसरी तयार गर्नुस् बायोडाटा



बायोडाटाको पहिलो ड्राफ्ट तयार गर्दा आवश्यक सबै जानकारी समेट्नुस् । पहिलो ड्राफ्टमा आफ्ना सबै अनुभव, सीपहरु जागिरका लागि कसरी प्रयोग गर्नुहुन्छ भन्ने पनि उल्लेख गर्नुस् । जुन जागिरको लागि आवेदन दिने हो, त्यससँग जोडिएका तथ्य मात्र उल्लेख गर्नुपर्छ ।

बायोडाटा सहजै पढ्न सकिने गरी बनाउस् । यसका लागि कम्तीमा ०.५ को पेज मार्जिन राख्नुपर्छ । अक्षरको आकार (अंग्रेजी फन्टमा) ११ राख्नुपर्छ । बायोडाटा बनाउँदा जर्जिया, एरियलजस्ता कमन फन्ट प्रयोग गर्नुस् । सबैभन्दा माथि आफ्नो नामसँगै इमेल र फोन नम्बर राख्न भुल्नुहुँदैन ।



लाइनहरुको बीचमा उपयुक्त खाली स्थान र बुलेट पोइन्ट राख्नुस् । यसले पेजको खाली भाग र कन्टेन्टबीच सन्तुलन बनाउँछ । बायोडाटालाई आफ्नो नामसहित पिडिएफ फाइलमा सेभ गर्नुहोस् ।

र, अन्त्यमा बायोडाटाको प्रिन्ट निकाल्नुहोस् । एकपटक आफैँ बायोडाटा नियाल्नुस् र सोच्नुस्, के यो बायोडाटाले रिक्रुटरलाई प्रभावित गर्छ ? रिक्रुटरले औसतमा एउटा बायोडाटालाई ६ सेकेन्ड मात्रै समय दिन्छन् । यसको अर्थ, उनीहरुले प्रायः बायोडाटाको माथिल्लो हिस्सा मात्रै हेर्ने गर्छन् । 

  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार २२:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया