यो हप्ताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ ।
सुन आइतबार तोलाको ९५ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १३ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुन तोलामा चार सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको थियो । आइतबार त्यही भाउमा घटबढ नभएको हो ।
अघिल्लो साताको पहिलो दिन आइतबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सात सय रुपैयाँ बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार फेरि आठ सय रुपैयाँ नै घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तोलामा १ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा १ सय रुपैयाँ नै घटेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।