कमल थापाले बाबुरामलाई भने, ‘मित्र खरानी हुन लागेको घरबाट निस्कनुहोस्'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आगो लागेर खरानी हुन लागेको घरबाट निस्कन आग्रह गरेका छन्।  जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष रहेका भट्टराईले आइतबार बिहान एक ट्विट गरेका थिए।  जसमा उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर आफ्नै घर जलाएको भनेका थिए।  

भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लागेको भनेका थिए।  ‘एक आर्किटेक्टको अनुभूतिः जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो’सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए। केही सन्तान आगो निभाउनु सट्टा खरानीका लागि दौडिँदै छन्। छिमेकी रमिते।  लौन आगो निभाऊँ’ भट्टराईले ट्विटरमा लेखेका छन्। ’ 

भट्टराईको यस ट्विटमा प्रतिक्रिया दिँदै थापाले मिलेर अघि बढ्न आग्रह गरेका हुन्।  भट्टराई र थापा अस्कल क्याम्पसमा एकै कक्षमा पढेका साथी हुन्।  भट्टराईले एक आर्किटेक्टको अनुभूति भनेर ट्विट सुरु गरेकोमा थापाले एक मित्रको अनुभूति भन्दै भट्टराईलाई प्रतिक्रिया दिएका छन्।  

‘आगो लागेको घरबाट निस्कनुस्, त्यो खरानी हुन लागेको घरको माया गर्न छोडिदिनुहोस्। अब सबै मिलेर सबै अट्ने नयाँ घर बनाऔँ’ थापाले भनेका छन्।  घरभित्र झगडा हुँदा त्यसलाई निभाउनु सट्टा छिमेकीले मट्टितेल छर्किने थापाको भनाइ छ।  

 





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १५:३१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया