उच्च अंकले बढ्यो बजार, सुधारिँदै कारोबार रकम

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ८८ अंकले बढेको छ । बजार खुलेदेखि नै निरन्तर उकालो लागेको बजार बन्द हुँदा परिसूचक २१ सय ७५ अंकमा पुगेको छ । करिब ८८ अंक बढेको आइतबारको सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

’क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १७ अंकले बढेर ४१५ अंक पुगेको छ ।  बजारसँगै कारोबार रकमसमेत बढेर साढे ६ अर्ब रुपैयाँ पुगेको छ ।

जीवन बीमा समूहले उचालेको बजारमा कारोबार रकममा भने बैंक तथा वित्तीय संस्थाको बलियो साथ रहेको छ । 

आइतबार सबै समूहका परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ५५० अंकले बढ्दा निर्जीवन बीमा समूहको परिसूचक २६८ अंकले उक्लिएको छ । यसैगरी उत्पादनमूलक समूहको परिसूचकसमेत २६४ अंकले बढेको छ ।

लामो समयदेखि सामान्य रुपमा मात्रै घटबढ भइरहेको बैंकिङ समूहको परिसूचक आइतबार उच्च रुपमा बढ्दा समग्र नेप्से परिसूचकमै सकारात्मक प्रभाव देखिएको हो । बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेसँगै सो समूहको परिसूचक ७१ अंकले बढेको छ भने कारोबार रकममा समेत उच्च वृद्धि भएको छ ।

यसैगरी बजारमा व्यापार समूहको परिसूचक २२१ अंकले उकालो लाग्दा विकास बैंक समूहको परिसूचक ४६ अंकले बढेको छ । धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घटाएसँगै लगानीकर्ताको मनोवल बढ्न पुगेको छ । आइतबार ६ अर्ब ३४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 



आइतबार सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल लाइफ र प्राइम कमर्सियल बैंक रहेको छ । दुबै कम्पनीको  ५०–५० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यसैगरी, नेपाल टेलिकमको ४५ करोड रुपैयाँको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनी र एनआइसी एसिया बैंकको २७–२७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आइतबार १० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेमा  १७ वटा कम्पनी रहेका छन् ।



सर्वाधिक मूल्य बढ्नेमा हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल पुनर्बीमा कम्पनी र प्राइम कमर्सियल बैंक रहेको छ । सबै कम्पनीको  सेयर मूल्य १०–१० प्रतिशतले उकालो लागेको हो ।

उच्च अंकले बढेको बजारमा ३० वटा कम्पनीको सेयर मूल्य भनेको घटेको छ । सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा राधी जलविद्युत्, शिवश्री हाइड्रोपावर, युनाइटेड फाइनान्स र बुटवल पावर कम्पनीरहेका छन् । 

सेयर बजारमा उच्च अंकले बढेसँगै  बजार पुँजीकरण करिब ३० खर्ब रुपैयाँ पुगेको छ ।
 

  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १५:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया