ओली समूहबाट मन्त्री बनेका रावल प्रचण्ड-नेपाल पक्षमा

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल प्रचण्ड–माधव पक्षमा लागेका छन् । यसअघि उनी नेकपाको ओली समूहबाट मन्त्री बनेका थिए । रावलसँगै प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय पनि प्रचण्ड–नेपाल समूहमा लागेका छन् । 

मन्त्री रावल र रोकाय अहिले काठमाडौँमा छन् । रोकायले आफू यसअघिदेखि नै प्रचण्ड–माधव पक्षमा लागेको बताएका छन् । तर, उनलाई प्रदेशमा ओलीनिकट मानिँदै आएको थियो । ‘मन्त्री रावल र म अहिले सँगै छौँ । हामी सँगै नेकपाको पार्टी कार्यालय पेरिस डाँडामा पुगेका थियौँ,’ उनले भने । 

योसँगै कर्णाली प्रदेश सरकारमा अब ओली पक्षमा एक मन्त्री नन्दसिंह बुढा मात्रै रहेका छन् । सांसद बुढाले पनि गुट परिवर्तन गर्ने चर्चा चलिरहेको छ । तर, उनले आधिकारिक निर्णय दिइसकेका छैनन् । मन्त्री रावल हुम्ला प्रदेशसभा ‘क’बाट निर्वाचित सांसद हुन् । 

योसँगै कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित १२ जना तथा प्रचण्ड–नेपाल समूहमा २१ जना पुगेका छन् । मन्त्री र सांसदको गुट परिवर्तनसँगै कर्णाली प्रदेश सरकारमा बहुमत पुगेको छ ।





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १६:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया