कर्णालीमा प्रचण्ड–माधव पक्षको स्पष्ट बहुमत

ओली समूहबाट केन्द्रीय सदस्य बनेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल प्रचण्ड–माधव पक्षमा लागेसँगै कर्णाली प्रदेश सरकारमा प्रचण्ड–माधव समूहको स्पष्ट बहुमत पुगेको छ । मन्त्री रावलसँगै प्रदेशसभाका सदस्य एवम् विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय पनि प्रचण्ड–माधव पक्षमा आएका छन् ।

रोकायले यसअघि नै प्रचण्ड–माधव पक्षमा आएको बताएका थिए । तर, उनलाई ओली निकट सांसदका रूपमा हेरिँदै आएको थियो । कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित १२ जना तथा प्रचण्ड–माधव समूहमा २१ जना पुगेका छन् ।

यसअघि नै स्पष्ट बहुमत रहेको प्रचण्ड–माधव पक्षका दुई सांसद माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर विष्ट ओली समूहमा गएपछि प्रचण्ड–माघव पक्ष पनि अल्पमतमा परेको थियो । मन्त्री रावल र सांसद रोकायको प्रवेशसँगै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार पूर्णरूपमा सुरक्षित देखिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसअघि आफू असुरक्षित भएपछि ओली समूहका दुई जना मन्त्री हुम्लाबाट प्रदेशसभामा निर्वाचित दल रावल र डोल्पाबाट निर्वाचित सांसद नन्दसिंह बुढालाई आफ्नो कित्ता स्पष्ट गर्न आग्रह गरेका थिए । आफ्नो कित्ता परिवर्तनका लागि सामाजिक विकास मन्त्री रावल र सांसद रोकाय नेकपा पार्टी कार्यालय पेरिस डाँडा पुगेका छन् ।

‘ओली समूहबाट कित्ता परिवर्तन गर्नेमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पनि नाम थियो,’ मन्त्री रावलसँगै पेरिस डाँडा पुगेका नेकपाका एक नेताले भने, ‘तर अन्तिममा उहाँ त्यहाँ आउनु भएन ।’ मन्त्री रावलसँगै हुम्लाका नेकपामा दुई दर्जनभन्दा बढी नेताहरू प्रचण्ड–माधव पक्षमा लागेका छन् ।

हुम्लामा यस्तो छ नेकपाको समीकरण
प्रचण्ड–माधव समूहमा



हुम्ला जिल्लाका अध्यक्ष लालकेश जैसी, जिल्ला इन्चार्ज विजय भण्डारी, छक्कबहादुर लामा, उनका स्वकीय सचिव नेत्र महतारा, छिर्मीदोर्जी लामा, हस्तबहादुर शाही, कलबहादुर हमाल, लोकबहादुर हमाल, ज्ञामी बुर्मी, तीर्थराज रोकाया, कार्चेन लामा, पूर्णप्रसाद ढकाल, शिवराज शर्मा, महेन्द्रबहादुर शाही, अदानचुली गाउँपालिका उपाध्यक्ष सौमती ऐडी, ताजाँकोट गाउँपालिका अध्यक्ष बागदल मल्ल, उपाध्यक्ष मञ्जु बुढा, गोपाल बुढा, अखवीर खड्का, चखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, सर्केगार्ड गाउँपालिका अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोशी धामी, नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा, नरदीप थापा, डबल रावत, मुस्कान लामा, अजमल बुढा, दलपती नेपाली, युवा संघ हुम्लाका संयोजक सुवास रोकाया, सहसंयोजक कार्मा लामा, केन्द्रीय सदस्य अखिल शाही, प्रेमा लामा, उपेन्द्र शाही रहेका छन् ।

ओली समूहमा



गोरखबहादुर बोगटी, अदानचुली गाउँपालिका अध्यक्ष दल फडेरा, चंखेली गाउँपालिका उपाध्यक्ष विमला शाही, गोकुल बुढा, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रूपा शाही छन् ।

  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १८:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया