प्रतिनिधिसभा पुनःस्थापनाको माग हास्यास्पद : महासचिव पौडेल

नेकपा महासचिव विष्णु पौडेलले प्रतिनिधिसभा पुनःस्थापनाकोे माग हास्यास्पद भएको बताएका छन् । नेकपा रुपन्देहीको अगुवा कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै उनले संसद पुन:स्थापित हुने कुनै संवैधानिक र कानुनी आधार नभएको दाबी गरे । 

प्रतिनिधिसभा विघटन प्रचण्ड र उनको समूहले सिर्जना गरेको अवस्था भएको भन्दै उनले सो कदम लोकतान्त्रिक र संवैधानिक रहेको दाबी गरे । 

करिब ६४ प्रतिशत सांसदको साथ र दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार भएको भन्दै उनले प्रचण्डसहितका नेता सडकमा जानु र संसद् पुनःस्थापनाको माग गर्नु हास्यास्पद भएको बताएका हुन् । 





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १९:१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया