आधिकारिक प्रयोगशालामा मात्रै कोरोना परीक्षण गराउन निगमको आग्रह

नेपाल वायुसेवा निगमले जहाँ पायो त्यहीँ पिसिआर परीक्षण नगर्न यात्रुलाई सूचित गरेको छ । निगमको उडानमार्फत यात्रा गर्दा सम्बन्धित देशको आधिकारिक प्रयोगशालाबाटै परीक्षण निगमले सुझाएको हो । 

निगमले आइतबार जारी गरेको सूचनामा यात्रा सुरु गर्ने मुलुकको आधिकारिक प्रयोगशालाबाट आरटी पिसिआर परीक्षण गरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ । 

निगमले आधिकारिक प्रयोगशालाबाट जारी गरेका आरटी पिसिआर नेगेटिभ रिपोर्ट र भ्यालिडिटीका आधारमा मात्र उडानमा समावेश गराउने जानकारी गराएको छ । 





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १९:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया