राजनीतिक तनावमा रहेका नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पारिवारिक तनाव पनि थपिएको छ ।
लामो समयदेखि बिरामी रहेकी प्रचण्डपत्नी सीताको स्वास्थ्य बिग्रिएपछि उनको उपचारका लागि प्रचण्ड सोमबार भारतको मुम्बई जाने भएका छन् ।
प्रचण्डको सचिवालयले यसबारे केही नखुलाएको भए पनि प्रचण्डले आइतबारको स्थायी कमिटी बैठकमा श्रीमतीको उपचारका लागि आफू सोमबार भारतको मुम्बई जानुपर्ने जानकारी गराएका थिए ।
व्यथा बढेपछि बुधबार मेडिसिटी अस्पताल भर्ना भएकी सीताको स्वास्थ्यमा सुधार नआएपछि उनलाई भारत लैजान लागिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।