निको भए ९७.२ प्रतिशत कोरोना संक्रमित

नेपालमा हालसम्म २ लाख ५४ हजार ४९४ जना (९७.२) प्रतिशत कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले गत बुधबारदेखि आजसम्म दुई हजार ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । सो अवधिमा तीन हजार १८२ जना सङ्क्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा पाँच हजार ८०० जनाको नमुना परीक्षण गर्दा ४२१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा उपत्यकाको भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौँमा १६० गरी कुल १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

गएको २४ घण्टामा ६३७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने ६३७ जना निको भएका छन् । गत बुधबारदेखि आजसम्म ३८ को कोरोनाबाट मृत्यु भएको छ । 





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार २१:१७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया