काठमाडौंमा मेलम्चीको पानी वितरण गर्न कस्तो हुँदैछ तयारी ?
फाइल फोटो

छिट्टै मेलम्चीको पानी काठमाडौं उपत्यका भित्रिने जानकारी दिइएपछि काठमाडौंमा  मेलम्चीको पानी वितरणका लागि तयारी थालिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले खानेपानी वितरणका लागि योजना बनाउन थालेको छ । 

लिमिटेडले काठमाडौंमा पानी आउनेबित्तिकै सबैका धारामा पानी आउने वातावरण बनाउने गरी योजना बनाउन लागेको हो ।  पानी आएमा कसरी वितरण गर्ने भन्नेबारे ययअघि नै तयारी भइरहेको  लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । 

पानी वितरणमा देखिने चुनौतीहरूको पहिचान् गरी समाधानको उपायबारे तयारी थालिएको शाक्यको भनाइ छ । उपत्यकामा अहिले पानी वितरण भइरहेका पाइप निकै पुराना भएकाले त्यसबाट पानी वितरण गर्दा धेरै चुहावट हुने आँकलन लिमिटेडको छ । पुराना पाइप परीक्षण गर्ने, नभएका ठाउँमा जडान गर्ने योजना बनाइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए । 

आयोजनाले आगामी चैत्रसम्ममा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउने जानकारी दिएका थियो । 





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १०:३३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया