स्थायी कमिटी बैठकको अध्यक्षता गर्दै माधव नेपाल

काठमाडौं : माधवकुमार नेपालले नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकमा अध्यक्षता गर्ने भएका छन्। पहिलो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि भारत जाने भएपछि आजको स्थायी कमिटीमा नेपालले अध्यक्षता गर्ने भएका हुन्। 

सीतालाई भारत लाने तयारीमा प्रचण्ड जुटेपछि हिजो पनि नेपालले नै बैठकको अध्यक्षता गरेका थिए। आजको बैठकमा पनि उनैले अध्यक्षता गर्दैछन्। दाहाल-नेपाल नेकपाको बैठक पेरिसडाँडामा दिउँसो १ बजे बस्दै। यो बैठकमा आन्दोलनका कार्यक्रम, तिनको रणनीति र पार्टी संगठन निर्माणलाई टुंगोमा लैजानबारे छलफल हुने भएको छ। 

दाहाल-नेपाल समूहको नेकपामा प्रचण्ड र दुवै जनाले आलोपालो अध्यक्षता गर्ने सहमति भएको छ। यसअघि नेकपा एक हुँदा पनि केपी शर्मा ओली र प्रचण्डबीच उक्त सहमति भएको थियो। तर त्यहाँ प्रचण्डले ओलीबिना बैठक राख्‍न सकेका थिएनन्। 

अर्का अध्यक्ष दाहाल पत्‍नी सीतालाई लिएर आजै भारतको मुम्बईतर्फ गइसकेका छन्। दाहाल-नेपाल समूहले आइतवार दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरिसकेको छ। 





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १३:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया