परराष्ट्रमन्त्री 'छिट्टै' भारत भ्रमणमा जाने

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन् । उनको यो भ्रमण यसअघि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृगंला नेपाल आउँदै नै निश्चित गरिएको हो । परराष्ट्रमन्त्रीस्तरीय वार्ताका लागि ज्ञवाली भारत जान लागेका हुन् ।

स्रोतका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण दुई दिने हुने भएको छ । मन्त्री ज्ञवाली १४ जनवरीमा भारत प्रस्थान गर्ने स्रोतको दाबी छ ।

तर, मन्त्री ज्ञवालीको सचिवालयले भने यो भ्रमण निश्चित नभइसकेको जनाएको छ । 

‘उहाँ जाने भन्ने कुरा हो, यसअघि सचिव स्तरीय वार्ता भएपछि अब विदेशमन्त्रीस्तरीय वार्ता गर्ने भन्ने हो,’ मन्त्री ज्ञवालीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले फरकधारलाई भने, ‘यो छिट्टै चाहिँ हुन्छ, तर अहिलेसम्म मिति तोकिएको छैन ।’

उनले भारतीय मिडियामा आएको १४ जनवरीको कुरा अहिलेसम्म एकिन नभइसकेको बताएका छन् । ‘यसअघि भारतीय मिडियामा मन्त्री ज्ञवाली १५ डिसेम्बरमा नै भारत भ्रमणमा जाने कुरा आएको थियो, त्यो सही होइन, अहिले तोकिएको मिति पनि सही होइन ।’

सुदनले फरकधारसँग बताएअनुसार दुई देशका मन्त्रीस्तरीय वार्ताको तयारी भने अगाडि बढिसकेको छ ।





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १३:३६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया