चितवनमा गृहमन्त्री पुग्दा उडाइयो 'लाल गद्दार' लेखिएको कालो बेलुन

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलविरुद्ध गृहजिल्ला चितवनमा प्रदर्शन भएको छ। पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका कार्यकर्ताले बादलविरुद्ध प्रदर्शन गर्दै कालो बेलुन उडाएका हुन्। 

प्रधानमन्त्री केपी ओली पक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका गृहमन्त्री बादलको विरोधमा  कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो।  

चितवनमा अझै प्रधानमन्त्री ओली र प्रचण्ड-नेपाल पक्षको कार्यक्रम चितवनमा भइरहेको छ। कार्यक्रमस्थल भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध प्रचण्ड-नेपाल समर्थकले बेलुन उडाएर विरोध जनाएका हुन्। 

प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले विभिन्‍न कार्यालय, होटल र बिजुलीका पोल तथा रुखहरूमा समेत कालो बेलुन बाँधेर प्रदर्शन गरेका छन्। बादल 'लाल गद्दार' र संवैधानिक 'कू'का मतियार लेखेको ब्यानर बेलुनमा बाँधेर उडाइएको हो। 

पूर्व माओवादी समूहबाट गृहमन्त्री रहेका बादल संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा लागेका छन्। प्रचण्डसँग गम्भीर विमति जनाएका उनले अन्तिममा ओलीलाई रोजेका थिए। 





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १५:५२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया