पुस २२ गते पाँचौँ निर्यात दिवस मनाइने

नेपाल निर्यात परिषद्ले यही पुस २२ गते पाँचौँ निर्यात दिवस मनाउने भएको छ । 

सोमबार पत्रकार सम्मेलन आयोजना गरी परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले ‘निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मूल आधार’ भन्ने नाराका साथ निर्यात दिवस मनाउन लागिएको बताए । 

नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा निर्यातका प्रवर्द्धनको निमित्त प्रतिस्पर्धी बनाई निकासी अभिवृद्धि गर्न उद्योगी व्यवसायीहरुलाई प्रेरित गर्ने उद्देश्यले परिषद्ले हरेक वर्ष निर्यात दिवस मनाउँदै आएको छ । 

यस्तै, निर्यात व्यवसायीबीचको समस्या र व्यवसायिक एेक्यबद्धता देखाउन, आयातमुखी बजारलाई निर्यातमुखी बनाउन, सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्न, निर्यात र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले पनि निर्यात दिवस मनाउँदै आएको अध्यक्ष कार्कीले बताए ।  

निर्यात दिवसको अवसरमा कोभिड–१९ले नेपाली निर्यातजन्य वस्तुहरुमा पुर्याएको असर, समस्या समाधानका उपायलगायत वस्तुको प्रवर्द्धन र विकासका लागि अपनाउनुपर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति सम्बन्धमा उद्यमी व्यवसायीलाई जानकारी दिने र आगामी दिनमा निकासी अभिवृद्धि गर्नेतर्फ निर्यात दिवसले प्रेरित गर्ने विश्वास समेत परिषद्ले गरेको छ । 





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १७:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया