स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण पोजेटिभ भएका, तर लक्षण नदेखिएका व्यक्तिहरु १० दिनपछि दैनिक जीवनमा फर्किन सक्ने जानकारी दिएको छ ।
कोरोना पुष्टि भएका तर कुनै पनि लक्षण नदेखिएका व्यक्तिहरुले १० दिनपछि स्वास्थ्य परीक्षण नै नगरी आफ्नो दैनिक कामकाजमा फर्किन सक्ने मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै अनावश्यक रुपमा परीक्षण गर्ने गराउने गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मन्त्रालयले संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदा स्वास्थ्य अवस्था बिग्रँदै जाने भएकाले अस्पताल जान र उपचार गराउन आग्रह गरेको छ ।
अन्यथा ठूलो जोखिम आउने अवस्था रहेकाले समयमै स्वास्थ्यकर्मीको सम्पर्कमा रहन मन्त्रालयले आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।