नान्सी पेलोसी चौथोपटक अमेरिकाकाे हाउस स्पिकर चुनिइन्

अमेरिकामा डेमोक्रेटिक पार्टीकी नेतृ नान्सी पेलोसी चौथोपटक सभामुख (हाउस स्पिकर) चुनिएकी छन् । २००७ मा पहिलोपटक हाउस स्पिकर बनेकी उनी लगातार चौथो कार्यकालका लागि चुनिएकी हुन् । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार ८० वर्षीया पेलोसीलाई आइतबार २१६ डेमोक्रेटिक्सले समर्थन गरेर स्पिकर चुनेका हुन् । 

उनका दुई सहयोगीले भने अन्यलाई भोट दिएको र तीनजना मतदानमै अनुपस्थित रहेको बताइएको छ ।

पेलोसीले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् ।
 





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १७:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया