रामेछाप–दक्षिण कोरिया सम्पर्क समितिको तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले नवीन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कोरोना महामारीले बदलिएको परिस्थितिलाई ध्यानमा राखी यसपटकको अधिवेशन जुम प्रविधिबाट भर्चुअल रुपमा सम्पन्न गरिएको थियो ।
नेपाली सम्पर्क समिति (एनसिसी)का अध्यक्ष श्री श्रेष्ठको प्रमुख आतिथ्य र निवर्तमान अध्यक्ष रविप्रताप घिसिङको सभापतित्वमा सम्पन्न अधिवेशनको विशेष अतिथिमा एनआरएनए कोरियाका उपाध्यक्ष यदु लामिछाने र बागमती प्रदेश एकता समाज कोरियाका अध्यक्ष किशोर ब्लोन थिए ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नरेश मोक्तान, उपाध्यक्षमा सुमन कार्की , महासचिवमा बाबुराज बस्नेत, सचिवमा अभियान खड्का र सुरेश श्रेष्ठ , कोषाध्यक्षमा सरिता कार्की निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यहरुमा जीवन मानन्धर , घनश्याम चौलागाईं , रजय लामा , छोनाम लामा , उषा तामाङ र हरि कार्की पनि निर्विरो निर्वाचित भएका हुन् ।
सन् २०१६ मा स्थापना भएको संस्था कोरियामा रहेका रामेछापवासीको साझा चौतारी हो । संस्थाले गत वर्ष कोरियामै सांगीतिक कार्यक्रम गरी जम्मा भएको रकमबाट संस्थाको नाममा दीर्घकालीन शैक्षिक अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषबाट आएको पैसाबाट पहिलो चरणमा रामेछापका ६ गाउँपालिका र २ नगरपालिकाका दुई–दुईजनाको दरले १६ जना र थप एक गरी १७ जना लाभान्वित भइसकेका छन् ।
भविष्यमा यो कार्यक्रम रामेछापका ६४ वटै वडामा पुर्याउने लक्ष्य संस्थाले राखेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।