तीन महिनाभित्र संसद पुनर्स्थापना हुन्छ: भुसाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता घनश्याम भुसालले अबको तीन महिनाभित्र विघटित प्रतिनिधि सभा पुनःस्थापित हुने दाबी गरेका छन् ।

सोमबार पूर्वी नवलपरासीको दलदलेमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले इतिहासका थुप्रै कालखण्डमा संसद पुनःस्थापनको अभ्यास सफल भएकाले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन तीन महिनाभित्र पुनःस्थापित हुने बताएका हुन्।

उनले मुलुकमा अब संसद पुनःस्थापना र सत्यानाश गरी दुईवटा विकल्प मात्र रहेको जिकिर गरे। त्यसकारण पनि संसद पुनःस्थापना हुने उनको भनाई छ। प्रधानमन्त्री ओलीले गरेको संसद विघटनले मुलुकलाई डरलाग्दो संकटतर्फ धकेलेको नेता भुसालको भनाई छ। उनले प्रधानमन्त्रीको असंवैधानिक कदम र हठी स्वभावका कारण मुलुक अस्थिरतातर्फ धकेलिएको बताए।  

प्रधानमन्त्री ओलीले सनक र दम्भको भरमा संसद विघटन गरेर कम्युनिस्टको नाममा कलंकको काम गरेको उनको आरोप छ। जनताले दिएको बहुमतको अपमान गरी संविधान मिचेर तोकिएको मध्यावधि निर्वाचन आगामी वैशाखमा कुनै हालतमा हुन नसक्ने उनको भनाई छ।

आफ्नो मन्तव्यको अधिकांश समय प्रधानमन्त्री ओलीको कार्यशैलीको आलोचनामा खर्चिएका भुसालले ओलीले आफ्नो विरोध गर्ने सबैलाई कुर्तक गरेर ठुंग्ने प्रवृत्ति अंगालेको आरोप लगाए। 





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार २१:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया