६ माघ, २०८२ मंगलबार
Jan. 20, 2026

२५ दिनपछि पारस खड्काले जिते कोरोना

कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको २५ दिनपछि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोना मुक्त भएका छन् । 

खड्काले सामाजि सञ्जाल फेसबुक र ट्वीटरमा आफू २५ दिनपछि कोरोनामुक्त भएको जानकारी दिएका हुन् । पटकपटक पीसीआर परीक्षण गरेको र पछिल्लो समयको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनले बताएका छन् । 



मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनले गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता गुमाएका थिए । संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेर उनले कोरोना जितेका हुन् । 

यो अवधिमा स्वास्थ्यलाभको कामना र सहयोग गर्ने परिवार, साथीभाइ र चिकित्सकलाई धन्यवाद दिएका पारसले यो अवधिमा आफ्नो हेरचाह गर्ने पत्नीलाई विशेष धन्यवाद दिएका छन् । उनले अब २०२१ का लागि आफू तयार रहेको समेत उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : २१ पुस, २०७७ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया