सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँ बढ्यो

मंगलबार सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँ बढेको छ । मंगलबार सुन तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि शुक्रबारको मूल्यमा स्थिर रहँदै आइतबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार तोलामा ८ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकी डलर कमजोर हुँदा सुनको मूल्य बढेको हो ।  भारतीय मुद्रा अमेरिकी डलरको तुलना कमजोर हुँदा नेपालमा सुनको मुल्य बढेको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंश १९ सय ४० डलर पुगेको छ । यसअघि सोमबार प्रति औंश १९ सय २१ डलरमा कारोबार भएको थियो । 

सोमबारको भन्दा मंगलबार झण्डै १९ डलरले सुनको मूल्य बढेपछि नेपालमा पनि प्रभाव परेको महासंघ अन्तरर्गतको भाउ निर्धारण समिति संयोजक तेजरत्न शाक्यको भनाइ छ । 

यस्तै मंगलबार चाँदी पनि तोलामा १० रुपैयाँ बढेर  तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 



 



  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार ११:१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया