उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा न्यौपाने

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई महाप्रबन्धमा नियुक्त गरेको हो ।

उदयपुर सिमेन्टमा महाप्रबन्धक पद खाली भएको २ बर्षपछि कम्पनीले नेतृत्व पाउने भएको छ ।

उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेले नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै २०७५ साल पुस २४ गतेदेखि उक्त पद खाली थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा कमिटी गठन गर्दै सो पदमा पदपूर्तिका लागि आवेदन माग गरेको थियो ।

पूर्वसचिव कृष्णहरि बास्कोटा, रामेश्वर खनाल, नारायण विडारीलगायतको कमिटीले आवेदकको क्षमता तथा अनुभवको आधारमा महाप्रबन्धक नियुक्तिका लागि सिफारिस गरेको थियो । 

सोही आधारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई महाप्रबन्धमा नियुक्त गरेको हो । 





  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १३:५६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया