प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ ।
यसअघि केपी ओली निकटका मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो ।
बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाएको हो । प्रचण्ड नेपाल समूहको नेकपाले संसदीय दलको नेतामा शत्रुघन महतो चयन गरेको छ । नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक तय गरिएको थियो ।
मनोनयन दर्ताका लागि मंगलबार दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । महतोको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध दलको नेतामा चयन भएका हुन् ।
नेकपाको कुल ३२ सांसदमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको हस्ताक्षर संकलन गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।