नेपालमा थपिए ५२२ संक्रमित, आठको निधन


 पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५५१ को स्वास्थ्य परीक्षण गर्दा १८४ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा दुई लाख ६२ हजार ७८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा ५७८ निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या दुई लाख ५५ हजार ६६६ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ५ हजार २२५ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८९३ पुगेको छ ।





  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १७:७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया