देशमा अनर्थ भयो, अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको डटेर विरोध गर्नुपर्ने बताएका छन् । 

संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा)ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीबाट लोकतन्त्रमाथि छुरा प्रहार गर्ने र संविधान रछ्यानमा मिल्काउने दुष्प्रयास भएको आरोप लगाए । 

संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै विशेषाअधिकार नदिएको र वैधानिक, कानुनी र संवैधानिक आधारविना जबर्जस्ती प्रतिनिधिसभा विघटन भयो भनिएकाले संसद पुनर्स्थापना हुनुपर्ने उनले बताए ।

उनले भने, ‘आफूले पाउँदै नपाएको अधिकार भनेर केपी शर्मा ओलीले प्रयोग गर्नुभयो । यसले देशमा अनर्थ भयो, यसलाई सम्मानित अदालतले सच्याउनुपर्छ र प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ ।’

प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले देशभरका वडा, पालिका तथा प्रदेश स्तरमा विरोधका कार्यक्रम राखिएको र आवश्यक परे राजधानीकेन्द्रित भएर पनि आउनसक्ने बताए ।





  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १७:२७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया