कोरोना संकट चुलिएपछि ब्रिटिश प्रधानमन्त्रीले रद्द गरे भारत भ्रमण

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भारत भ्रमण रद्द गरेका छन्। भारतले उनलाई २६ जनवरीका दिन गणतन्त्र दिवसको प्रमुख अतिथिका रुपमा बोलाएको थियो। उनले यसलाई स्वीकारेका पनि थिए। उनी भारत आउने अनुमानबीच मंगलबार भ्रमण कार्यक्रम नै रद्द भएको हो। 

समाचार एजेन्सी रोयटर्सका अनुसार जोनसन अब भारत आउने छैनन्। जोनसनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर भ्रमण रद्द गर्नुपरेकोमा दु:ख जनाएका छन्। उनले आफ्नो देशमा कोरोनाको नयाँ प्रजाति तीव्र गतिमा फैलिएकाले त्यसको नियन्त्रणमा खटिनुपर्ने भएकाले भारत आउन नसक्ने जानकारी दिएका हुन्। 

बेलायतमा कोरोनाविरुद्ध खोप अभियान सुरु भइसकेको छ। तर कोरोना संकट थामिने अवस्थामा देखिएको छैन। यसैलाई विचार गरेर बोरिस जोनसन सरकारले मार्चसम्म देशमा पूरै लकडाउन गर्न निर्देशन दिएको छ। यो लकडाउन सात हप्ताको रहनेछ। बेलायत सरकार कोरोनाबाट हुने मृत्युको आँकडा एक लाखमुनि नै राख्ने अभियानमा छ। अहिलेसम्म बेलायतमा कोरोनाबाट ७५ हजार मानिसले ज्यान गुमाएका छन्। २२ फेब्रुअरीसम्म बेलायतमा लकडाउन खुकुलो हुने कुनै सम्भावना छैन। 

अर्कातिर सरकारले फेब्रुअरी मध्यसम्म स्कुल पनि बन्द राख्ने घोषणा गरेको छ। मानिसहरुलाई घरबाहिर ननिस्किन अपिल गरिएको छ। शारीरिक अभ्यास पनि दिनको एक पटक मात्रै गर्न भनिएको छ। ४ जनवरी रातिदेखि अत्यावश्यकीय दोकान पनि बन्द गरिँदैछ। 


 





  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १८:१२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया