सुर्खेतमा कोरोना संक्रमित ७४ वर्षीय एक वृद्धको मृत्यु भएको छ । प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा गुर्भाकोट नगरपालिका–८, का ७४ वर्षीय वृद्धको मृत्यु भएको हो ।
पुस ७ गते खोकी, सास फेर्न कठिनाइ हुने जस्ता समस्यासहित अस्पताल भर्ना भएका ती पुरुषको सोही दिन कोरोना भाइरस परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना देखिएपछि अस्पतालको आइसोलेसनमा राखी उपचार गर्ने क्रममा बुधबार दिउँसो मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए ।
यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या २८ पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा काम भइरहेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।