त्रिकोणात्मक शृंखलाको तयारीमा नेपाली टोली

लामो समय मैदानबाहिर रहेका क्रिकेट खेलाडी हाल ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक शृखंलाको तयारीमा जुटेका छन् ।

लकडाउनका कारण घरेलु अभ्यासमा सीमित बनेका खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेस लेभल विकासका लागि अभ्यासमा जुटिरहेका छन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंसिर दोस्रो सातादेखि बन्द प्रशिक्षणमा राखेर चरणवद्ध अभ्यास गराइरहेको छ । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडीको प्रशिक्षण रोकिएको थियो । सोही कारण केही खेलाडीमा फिटनेसको समस्या देखिएको थियो 

केही खेलाडीले भने व्यक्तिगत रुपमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेका छन् । लामो समय मैदानमा ओर्लिन नपाएका खेलाडीलाई बृद्धि विकासकालागि विभिन्न चरणका अभ्यास गराइरहेको राष्ट्रिय क्रिकेट टोलीका फिटनेस ट्रेनर आशय हट्करले जानकारी दिए ।

प्रशिक्षणमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना हुने पनि क्यानले यसअघि जारी गरेको सूचनामा उल्लेख गरेको थियो । निरन्तर राष्ट्रिय टोलीको फिटनेस लेभल हेरिरहेका फिजियो बिक्रम न्यौपानले केही दिनयता खेलाडीमा सुधार आएको बताए ।

नेपाली टोली ओमानसँगको शृखंलालाई लक्षित गरेर अभ्यासमा जुटेको राष्ट्रिय टोली उपकप्तान दिपेन्द्र सिंह ऐरीले बताए । 
 





  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १८:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया