अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुससहित एक सब इन्जिनियरलाई पक्राउ गरेको छ ।
तनहुँको भानु नगरपालिका कार्यक्षेत्र रहेको उनी हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)अन्तर्गत कार्यरत थिए ।
अख्तियारले विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिएबापत सेवाग्राहीबाट लिएको घुस रकमसहित उनलाई नियन्त्रणमा लिएको हो ।
आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई भानु नगरपालिका–२ बाट नियन्त्रणमा लिएको हो । अधिकारीमाथि थप अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।