भीम रावलसहित तीन नेतालाई कारबाही गर्न ओली समूहको सिफारिस

नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावललाई कारबाहीको सिफारिस गरेको छ । प्रदेश कमिटीको चौथो बैठकले रावलसहित तीनजना नेतालाई पदबाट हटाउन सिफारिस गरेको हो । 

बुधबार धनगढीमा बसेको बैठकले इन्चार्ज रावल, प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो । रावलमाथि खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप पनि लगाइएको छ । 

यसअघि पुस १७ गते बसेको प्रचण्ड–माधव पक्षको प्रदेश कमिटी बैठकले नेकपाका जिल्ला अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही गर्ने निर्णय गरेको थियो । आचरणविपरीत काम गरेको भन्दै उनीहरुलाई कारबाहीको सिफारिस गरिएको हो । 





  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १९:२२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया