बुधबारबाट सुरु भयो प्रधानसेनापति ट्रफी खेलकुद

प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता, २०७७ बुधबारदेखि सुरु भएको छ । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा सुरु भएको उक्त प्रतियोगिताको नारा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ राखिएको छ । 

सो खेलको बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । उद्घाटनको दिन आज पुरुष र महिलातर्फ १०० मिटर तथा आठ सय मिटरतर्फका खेल सम्पन्न भएका छन् ।

पुरुष १०० मिटर दौडमा मध्यपश्चिम पृतनाका प्यूठ धर्मेन्द्र सिंह पहिलो भए भने मध्य पृतनाका सिपाही दीपक विश्वकर्मा दोस्रो तथा १४ नम्बर बाहिनी अड्डाका सिपाही दिवश विष्ट तेस्रो भए । 

यस्तै महिला १०० मिटर दौडतर्फ १६ नम्बर बाहिनी अड्डाकी गनर करुणा लामिछाने पहिलो भइन् भने पूर्वी पृतनाकी सिपाही मनीषा विक दोस्रो तथा मध्य पृतनाकी सिपाही विपना थारु तेस्रो भए ।

पुरुष आठ सय मिटर दौडमा उपत्यका पृतनाका सिपाही सुदीप शाह पहिलो भए भने सुदूरपश्चिम पृतनाका सिपाही सुनिल सुनार दोस्रो तथा मध्य पृतनाका सिपाही बुद्धराम तामाङ तेस्रो भए ।

महिला आठ सय मिटर दौडमा १६ नम्बर बाहिनी अड्डाकी गनर राधिका श्रेष्ठ पहिलो भइन् भने मध्यपश्चिम पृतनाकी सिपाही निर्मला केसी दोस्रो तथा उपत्यका पृतनाकी सिपाही गीता विक तेस्रो भए ।



आगामी माघ २ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा ८ पृतना, ५ मद्दती बाहिनी, एक विशेष फौज बाहिनी तथा यान्त्रिक निर्देशनालय गरी कुल १५ टोलीको सहभागिता छ । 



  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार २०:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया