अमेरिकी संसद् भवनमा भएको हिंसामा संलग्न १३ जना पक्राउ

अमेरिकामा क्यापिटल हिल्समा भएको आक्रमणमा संलग्न आरोपमा १३ जना पक्राउ परेका छन् । वाशिंटन डिसी प्रहरीका अनुसार १३ जनाबाट पाँच वटा बन्दुक पनि नियन्त्रणमा लिइएको छ। 

प्रहरी प्रमुख रोबर्ट कोन्टीका अनुसार पक्राउ परेका सबै डिसी एरियाबाहिर रहने गरेका पाइएको छ । आक्रमणमा परेर घाइते भएकाले उपचार चलिरहेको छ । अहिले प्रदर्शनकारीलाई क्यापिटलबाट हटाउने क्रममा प्रहरी रहेको छ । स्थानीय समय अनुसार बेलुकी ६ बजेदेखि कफ्र्यू लागेको छ । 

राष्ट्रपति ट्रम्पका समर्थकले क्यापिटल बिल्डिङमा पसेर हंगामा मच्चाएका हुन् । राष्ट्रपतिमा जो बाइडेनको जित निश्चित गर्न भएको छलफलको समयमा यस्तो भएको हो । 

संसदभित्र बहस चलिरहेका बेला अचानक ट्रम्प समर्थक बिल्डिङभित्र प्रवेश गरेर बहस नै रोक्ने प्रयास गरेका थिए । उनीहरुले राष्ट्रपतिको चुनावी परिणाम नै रद्ध गर्न माग गर्दै प्रदर्शनसमेत गरेका छन् । 

संसद भवनमा हंगामा भएपछि अमेरिकी राजधानी वाशिंटनमा कर्फ्यू लागेको छ । स्थानीय समयअनुसार बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहानसम्मको लागि कर्फ्यू लागेको बीबीसीले जनाएको छ । 

नाटकीय शैलीमा प्रदर्शनकारी भवनभित्र प्रवेश गर्दा सांसद भने सुरक्षाकर्मीको घेरमा रहेका थिए । अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी भएपछि रिपब्लिकन सांसदले असम्भव प्रयास लगातार गर्दै आएका थिए । संसदमा उनीहरुको प्रयास विफल हुने भए पनि प्रक्रिया लामो बनाइरहेका बेला यस्तो घटना भएको हो । 



यो घटना अघि राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति माइक पेन्समाथि मत परिणामलाई प्रमाणिकरण नगर्न दबाब दिएको खुलेको  छ । यो घटनालाई ट्रम्पले हार स्वीकार गर्न नसक्दा अन्तिम अस्त्र प्रयोग अनुमान गरिएको छ । 

ट्रम्पको यो प्रयासको विश्वका नेताहरुले विरोध जनाएका छन् । 




  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार ७:२२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया