अमेरिकी सदनमा भएको हिंसाको चौतर्फी आलोचना : ओबामाले भने ‘देशकै लागि लज्जा’

अमेरिकी सदनमा भएको हिंसाको चौतर्फी आलोचना भएको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले इतिहासले यो दिनलाई सम्झने बताएका छन् । उनले फेसबुकमा पदमै रहेका राष्ट्रपतिले चुनावी परिणाम अस्वीकार गरेर हिंसामा उत्रनु देशकै लागि लज्जाको विषय भएको बताएका हुन् । तर सदनमा भएको हिंसालाई अचम्म माने आफैलाई जिस्क्याएको हुने उनको भनाइ छ । 

यसैगरी पूर्वराष्ट्रपति जर्ज डब्लू बुशले विज्ञप्ति सार्वजनिक गर्दै सदनमा भएको घटना एक पागलपन भएको र यो घटना देखेर आफूलाई निकै गाह्रो भएको बताएका छन् । 

चुनावी नतिजाबारे यस्तो विवाद असफल गणराज्यमा देखिने गरे पनि अमेरिका जस्तो देशमा यस्तो हुनु निकै दुःखको विषय भएको उनको भनाइ छ । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ट्वीट गरेर अमेरिकी सदनमा अपमानजनक काम भएको बताएका छन् । अमेरिका विश्वभरमा लोकतन्त्रको लागि उभिने गरेको र सत्ता हस्तान्तरण शान्तिपूर्ण र व्यवस्थित तरिकाले हुनुपर्ने उनको भनाइ छ ।

यस्तै फ्रान्सको विदेश मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै अमेरिकी सदनमा भएको घटनाको निन्दा गरेको छ । उसले यसलाई लोकतन्त्रको गम्भीर हमला भनेको छ । 



यसैगरी डचका प्रधानमन्त्री मार्क रुटले वासिङटनको तस्बिर भयानक भएको भन्दै ट्रम्पलाई जो बाइडेनलाई राष्ट्रपति मान्न आग्रह गरेका छन् । अमेरिकी सदनकी सदस्य लोरी त्रहानले यो घटनालाई घरेलु आतंकवादको संज्ञा दिएकी छिन् । 




  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार ८:०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया