अमेरिकी संसदमा हिंसाः वासिङटनमा १५ दिन आपतकाल

अमेरिकाको राजधानी वासिङटन डिसीमा १५ दिनको लागि सार्वजनिक आपतकाल लगाइएको छ । यो त्यहाँका मेयरले लगाएको संकटकाल हो । 

त्यहाँका मेयर म्युरियल बाउसरले भनेका छन्, ‘सहरमा निकै धेरै यस्ता मानिसहरु आएका छन् जसले सहरमा हिंसा मच्चाएका छन्, तोडफोड गरेका छन्, केमिकल, इँटा र पानीका बोतलहरु सहरमा छोडेका छन् ।’

अहिले पनि ती व्यक्तिहरुले हिंसालाई जारी राखेको उनले बताएका छन् ।

उनले यसका कारण नै सहरमा कर्फ्यू लगाउन परेको बताएका छन् । 

उनका अनुसार अब २१ जनवरीसम्म त्यहाँ संकटकाल लगाइएको छ । २१ जनवरी भनेको डेमोक्रेटिक पार्टीका राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकी राष्ट्रपतिका रुपमा सपथ खाने भोलिपल्ट हो ।






  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार ११:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया