जागिरको लोभ देखाएर भारत लैजाँदै गर्दा तीन किशोरीको उद्धार
फाइल फोटो

जागिरको लोभ देखाएर भारत लैजाँदै गरेको अवस्थामा तीन किशोरीको उद्धार गरिएको छ । संखुवासभा जिल्ला मकालु गाउँपालिका घर भएका १५÷१६ उमेरका तीन किशोरीको मंगलबार उद्धार गरिएको प्रहरीले जनाएको छ ।

माइती नेपाल, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले इलामको भारत छिर्ने सीमा नाका पशुपतिनगरबाट उद्धार गरेको हो । 

उनीहरुसँग सोधपुछपछि प्रहरीले दिएका जानकारी अनुसार तीन किशोरीहरुलाई संखुवासभाकै एक महिलाले काम लगाइदिने भन्दै काठमाडौं लगेकी थिइन् । हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले उनीहरुलाई केहीदिन काठमाडौंमै राखेकी थिइन् । काठमाडौंमा काम नपाएको र भारतको दार्जिलिङमा काम लगाइदिने भन्दै एक व्यक्तिको साथ लगाएर पठाएकी थिइन् । 

तीन किशोरीसहित एक व्यक्ति गाडीमा गइरहेको अवस्थामा सोधपुछपछि किशोरीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाएको छ । 
  





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार ११:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया