राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को कास्की जिल्लाको भेलाले बलबहादुर खड्को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
टुकोनले आगामी चैत ६ र ७ गते केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने तयारी स्वरुप जिल्ला कार्यसमिति चयन गरिएको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का केन्द्रीय अध्यक्ष हिक्मत जंग भण्डारीले बताए ।
कार्यक्रममा अध्यक्ष भण्डारीले ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले संगठित तथा असंगठित क्षेत्रका सम्पूर्ण मजदुरहरूको हकहितका आवाज उठाउने बताए । मालिक र श्रमिकबीचको पुलको काम गर्ने उद्देश्यले टुकोनको स्थापना गरिएको उनले भनाइ छ ।
पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य जयलाल पुनले सबै क्षेत्रसँग सम्बन्धित मजदुरहरूलाई टुकोनसँग ऐक्यबद्ध गरी उनीहरूको हकहितका लागि निरन्तर आवाज उठाउन टुकोनलाई सुझाव दिएका थिए ।
कार्यक्रममा राप्रपा कास्कीका जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्कीले राप्रपाको कास्कीका तर्फबाट टुकोनलाई भरपुर सहयोग गर्ने दृढता व्यक्त गरे ।
राप्रपाका केन्द्रीय सदस्य सीता खड्का, आनन्द रिसाल, टुकोनका वरिष्ठ उपाध्यक्ष बालकुमार श्रेष्ठ, उपाध्यक्ष उत्तमराज उपाध्याय, सचिवालय प्रमुख भरत ढकाल, मिडिया नेपालका उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक सूर्य बास्तोला, उपाध्यक्ष श्रीधर सुवेदी, सचिव कृष्ण खनाल, प्रदेश नं ७ का सह संयोजक पुरु दाहाल लगायतको उपस्थिति रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।