नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू कम्युनिस्ट आन्दोलनमा लाग्दा समाजमा खिसिट्युरी गर्ने गरेको सम्झिएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले यस्तो बताएका हुन् ।
उनले आफ्ना बाबु र आमा पनि कांग्रेस भएको र आफन्तहरु पनि कांग्रेस भएको स्मरण गरेका छन् । ‘त्यस्तो समयमा मैले राजा फाल्छु भन्दा कसैले पत्याउँदैनथ्यो,’ गौतमले भनेका छन् ।
उनले आफ्ना बाबुले समेत आफ्नो चाहना नबुझेको बताएका छन् ।
नेकपा अहिले विभाजित भएको र आफूले कुनै औचित्य नदेखेको उनी बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।