प्रधानमन्त्री ओलीको शैलीले पार्टी फुट्यो, म एकता प्रयासमा छुः वामदेव गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा राष्ट्रिय सभाका सांसद् वामदेव गौतमले नेकपा विभाजन प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीका कारण भएको बताएका छन् । 

राष्ट्रिय सभामा बिहीबार बोल्दै गौतमले प्रधानमन्त्रीकै कार्यशैलीका कारण नेकपामा विवाद उत्पन्न भएको र यसका कारण नेकपा विभाजित भएको पनि बताएका छन् । 

आफू प्रधानमन्त्री ओलीको सहयात्री भएको र अहिले पार्टी विभाजित हुँदा आफू निकै चिन्तित भएको पनि गौतमले बताएका छन् । ‘म भएको भए पार्टीले अविश्वासको प्रस्ताव ल्याउँदै छ भन्ने थाहा भएको भए राजीनामा दिन्थेँ,’ गौतमले भने, ‘उहाँ (केपी ओली)ले प्रतिनिधि सभा विघटन गरेपछि म पनि आश्चर्यमा परेको थिएँ । म भएको भए राजीनामा दिन्थेँ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीकै कारण पार्टीमा विवाद उत्पन्न भएको पनि बताएका छन् ।

आफूले पार्टीमा ओलीलाई सुधार गर्नका लागि समयसमयमा विभिन्न सल्लाह सुझाव दिएको पनि गौतमले बताएका छन् । ‘एमाले पार्टीमा वा नेकपामा मैले जति प्रशिक्षण गरेको छु, त्यो मदन भण्डारीपछि अरुको भन्दा धेरै छ,’ गौतमले भने, ‘म हिजो नेकपामा लाग्दा खिसिट्युरी गरेका थिए, अहिले पार्टी विभाजन हुँदा लज्जित छु ।’

प्रधानमन्त्री ओलीलाई दुई पटक प्रधानमन्त्री हुँदा आफूले दुवै पटक सुझाव दिएको पनि गौतमले बताएका छन् ।



उनले अहिले पार्टीमा दुवै समूह नै कमजोर रहेको भन्दै अहिले पार्टी फुटाउन तीन वर्षअघि किन एकता गरेको भन्दै प्रश्न पनि राखेका छन् ।

‘अहिले फुटाउनु थियो भने, हिजो किन एकता गरेको,’ गौतमले भने ।



यतिमात्र होइन, नेकपा विभाजन भएपछि पहिलो पटक प्रष्टरुपमा आफ्नो धारणा राखेका गौतमले आफू अहिले पनि नेकपा एकताको पक्षमा रहेको र यसका लागि काम सुरु गरिसकेको पनि बताएका छन् ।

  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १३:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया