वामदेवको सचिवालयले भन्यो– चिनियाँ राजदूतसँग भेटेको होइन, देखादेख मात्र भएकाे हो

नेकपा विभाजित भएपछि तटस्थ बसेका उपाध्यक्ष वामदेव गौतमले चिनियाँ राजदूतसँग भेटेको भन्ने प्रचार भ्रामक भएको भन्दै उनको सचिवालयले प्रष्टीकरण दिएको छ । ्

गौतमकाे सचिवालयमा रहेका विश्वमणि सुवेदीले सामाजिक सञ्जालमार्फत सो समाचारको खण्डन गरेका हुन् । यद्यपि, उनले चिनियाँ राजदूतसँग वामदेवको देखादेख भएको भने स्वीकार गरेका छन् । 

‘नागपोखरीमा क्याफे इमाडिगोको माथिपट्टि वामदेव कमरेडको छोरा तथा युवा संघका नेता क. हरिशदेवको अफिसमा उहाँ जानुभएको थियो । त्यहीँ चिनियाँ राजदूत कफी पिउन जाने गर्नुभएको रहेछ। त्यहाँ देखादेख मात्रै भएको हो,’ सामाजिक सञ्जाल फेसबुकमा सुवेदीले लेखेका छन्, ‘कुराकानी भएको होइन । यद्यपि, उहाँहरू दुवै पार्टी एकता पक्षधर हुनुहुन्छ ।’

क. वामदेव गौतमले चिनियाँ राजदूतसँग भेटेको भन्ने भ्रामक प्रचारबारे प्रष्टिकरण । नागपोखरीमा क्याफे इमाडिगोको माथि पट्टी...

Posted by Bishwamani Subedi Bimasu on Thursday, January 7, 2021




  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार २०:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया