अब अन्तरबैंक एटिएम प्रयोग गर्दा २० रुपैयाँ लाग्ने, मासिक दुइटा कारोबार भने निःशुल्क
फाइल फोटो

कोरोना महामारीको असहज परिस्थितिमा अन्तरबैंक एटिएम कारोबार निःशुल्क गर्न निर्देशन दिएको नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ व्यवस्था गरेको छ ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीवार परिपत्र गर्दै एटिएम प्रयोगकर्ताले जुनसुकै बैंकबाट मासिक दुई पटकसम्म नगद झिक्दा निःशुल्क र यसपछि प्रतिकारोबार अधिकतम २० रुपैयाँसम्म मात्र शुल्क लिन निर्देशन दिएको छ । सबैलाई एकरूपता हुने गरी नयाँ शुल्कको सीमा तोकिएको राष्ट्र बैंकले  जनाएको छ ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७७ मा संशोधन गर्दै माघदेखि कार्यान्वयन गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले उक्त शुल्क बैंक तथा वित्तीय संस्थाले यसअघि निर्धारण गरेको आधारमा छलफल गरेर औसतभन्दा कम हुनेगरी अहिलेको शुल्क निर्धारण गरेको हो ।

यसअघि आर्थिक वर्ष (आव) २०७७\७८ को मौद्रिक नीतिले कोभिड–१९ को असर रहेसम्म अन्तरबैंक एटिएम कारोबार निःशुल्क गर्ने व्यवस्था गरेको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका छाता संगठनले बन्दाबन्दी खुकुलो भएको, आवाजावत सहज हुँदै गएको र बैंकका शाखा खुलेको भन्दै साउन १ गतेदेखि नै अन्तरबैंक एटिएम कारोबारमा शुल्क लिने घोषणा गरेका थिए । 





  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १५:३२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया