पुनः बन्द हुँदै तातोपानी नाका
फाइल फोटो

कोरोना महामारीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको नेपाल चीनबीचको प्रमुख नाका तातोपानी बन्द हुने भएको छ । 

जुरे पहिरो तथा भूकम्पपछि अस्थिर रहेको नाका पुल पुनर्निर्माणका लागि बन्द हुन लागेको हो ।

भोटेकोशी नदीमा आएको बाढीका कारण पुलको जगमा क्षति पुगेको छ । पुल मर्मत नगरे दुर्घटना निम्तिन सक्ने भन्दै जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएको हो । पुल मर्मतका लागि कम्तीमा २० दिन लाग्ने बताइएको छ ।

पुल मर्मतका लागि २० जनवरीदेखि नाका बन्द गरिनेछ । 

बाढीले मितेरी पुल जगको दायाँबायाँ क्षति पुर्याएकाले मर्मतका लागि नाका बन्द गरिने जानकारी जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले दिएको हो ।  





  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १६:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया