‘टि प्लस टु’ राफसाफ प्रणालीलाई बोर्डको स्वीकृति

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन कायम गर्ने बाटो खोलिदिएको छ । 

बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दुई दिनको राफसाफ चक्र कायम हुने गरी संशोधनका लागि पेश गरेको विनियमावलीलाई बोर्डले स्वीकृति दिएको हो । 

संशोधित विनियमावलीलाई स्वीकृति प्रदान गर्दै बोर्डले कार्यान्वयनको जिम्मेवारी सिडिएससीलाई सुम्पेको छ । 

टि प्लस टु राफसाफ तथा फर्छ्यौट चक्र कार्यान्वयनसँगै धितोपत्रको तरलता वृद्धि भई बजार थप गतिशिल हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको विश्वास छ । 

बोर्डको यस वर्षको नीति तथा कार्यक्रममा पनि धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रणालीलाई २ दिनमा झार्ने योजना बनाएको थियो ।





  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १७:३०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया