प्रधानमन्त्रीको सभामा ‘निर्मला पन्तलाई न्याय माग्‍ने' युवाहरु समातिए

धनगढी : कैलालीको धनगढीमा आज प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित सभास्थलमा ‘निर्मला पन्तका बलात्कारी खोइ ?’ नारा लेखिएको टिसर्ट लगाउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

सभास्थलमा सेतो टिसर्टमा कालो अक्षरले ‘निर्मला पन्तका बलात्कारी खोइ ?’, 'निर्मलालाई न्याय दे’लेखेर पुगेका ६ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई त्यहाँ खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको टोलीलाई जिम्मा लगाएको प्रत्यक्षदर्शीले बताएका छन्। 

उनीहरुले कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तले अझै न्याय नपाएको भन्दै प्रतीकात्मक विरोध जनाएका थिए। निर्मलाको बलात्कार गरी हत्या गरेको २ वर्ष बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै विरोधमा उत्रिएका हुन्। ‘निर्मला पन्तको बलात्कारी खै ?' र  लेखेको टि–सर्ट लगाएर प्रधानमन्त्री ओली सहभागी कार्यक्रमा उपस्थित भएका थिए। 

निर्मलाको २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो। त्यसपछि सरकारले पटक पटक अनुसन्धान गर्दा पनि दोषीलाई समात्न सकेको छैन।


 





  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १७:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया