परराष्ट्रमन्त्री माघ १ गते भारत भ्रमणमा जाने

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन्। उनको भ्रमणबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै जानकारी दिएका हुन्। 

'१४ तारिखमा परराष्ट्र मन्त्री भारत जाँदै हुनुहुन्छ', उनले भने, 'सरकार मिचिएको भूमि फिर्ता गराउने अभियानमा छ। त्यसबारे पनि भारतमा कुरा हुनेछ। त्यही बेला यहाँको गौरीफन्टा नाका सुधारबारे पनि कुरा हुनेछ।'

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराबारे पनि कुरा उठाउने भएका छन्। ज्ञवालीको भ्रमणबारेमा परराष्ट्र मन्त्रालयले अहिलेसम्म औपचारिक जानकारी दिएको छैन। नयाँदिल्लीमा ज्ञवालीले समकक्षी एस जयशंकरसँग विस्तृत बैठक गर्ने कार्यक्रम छ। 





  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार २०:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया