सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी खुला मञ्चमा आयोजना भएको नेकपा ओली समूहको जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनगढीमा आयोजित आमसभामा उक्त टिसर्ट लगाएर पुगेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रधानमन्त्री सहभागी कार्यक्रममा ‘निर्मलाको बलात्कारी खै ?’ र ‘जस्टिक फर निर्मला’ लेखेको टिसर्ट लगाएका युवालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
उनीहरूले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए । उनीहरू ‘निर्मला पन्तको बलात्कारी खै ?’ र ’निर्मलालाई न्याय दे’ लेखेको टि–सर्ट लगाएर प्रधानमन्त्री ओली सहभागी कार्यक्रमा उपस्थित भएका थिए ।
२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।