प्रचण्डमाथि ओलीको कटाक्ष : नेकपा कसैको छोरीबुहारीवाला पार्टी होइन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि परिवारवादी बनेको आरोप लगाएका छन्। 

कैलालीको धनगढीमा नेकपा ओली पक्षको सभालाई सम्बोधन गर्दै उनले प्रचण्ड छोरीबुहारी र आफन्तलाई पद र शक्तिमा पुर्‍याउन केन्द्रित भएको आरोप लगाए। 

‘जसलाई छोरी र बुहारीहरुको मतलब छ, जनताको मतलब छैन,’ ओलीले प्रचण्डप्रति लक्षित गर्दै भने, ‘ध्यान कता छ? छोरीबुहारी, भाइभतिजा, आफन्त, भाञ्जो, साली, नाति नातिना।’ 

उनले आफ्नो पार्टी सम्धीवाला, छोरीबुहारीवाला र भाइभतिजावाला नभएको पनि दाबी गरेका छन्। प्रचण्डले छोरी रेणु दाहाललाई मेयर र बुहारी बीना मगरलाई मन्त्री बनाएकोतर्फ ओलीले पटक पटक इंगित गरेका छन्। उनले अर्का नेता माधव नेपालले पनि आफन्तहरूलाई पद र शक्तिमा पुर्‍याएको भन्दै व्यंग्य गरे।

प्रचण्ड र नेपालको आलोचनामा समय खर्चिएका उनले जनता र कार्यकर्ताको हितमा काम गर्न नसकेको पनि जिकिर गरे । ‘एक दर्जनभन्दा बढी तर मारेका छन् । क-कसका आफन्त कहाँ कहाँ छन् प्रष्ट छ’, उनले भने। 

आफूले कहिले पनि परिवार, आफन्तका लागि राजनीति नगरेको पनि उनले स्पष्टीकरण दिए। 'मेरो कोही आफन्त कहीँ टपक्कै टिपेर एकजना राखेको देखाइदेओस्', उनले भने। 



ओलीले प्रचण्ड र माधव नेपाललाई आगामी वैशाखको चुनावमा १० सिट जितेर देखाउन चुनौती दिएका छन्। 'देशभर १० सिट जितेर देखाउन्,’ उनले भने, 'वैशाखको चुनावमा दोहोरो अंकको सिट जित्न म चुनौती दिन्छु।'



  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार २०:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया