१ सय ५२ वर्षपछि अमेरिकामा दोहोरिएको इतिहास: ट्रम्पले भने– बाइडेनको सपथ कार्यक्रममा सहभागी हुन्नँ

अमेरिकी इतिहासमा अब डोनाल्ड ट्रम्प त्यस्ता चौथो राष्ट्रपति हुने भएका छन् जसले राष्ट्रपतिको सपथ कार्यक्रममा सहभागी नहुने बताएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले २० जनवरीमा वासिङटनमा एक कार्यक्रममा सहभागिता जनाउँदै छन् । यो दिन देखि नै अमेरिकी राष्ट्रपतिमा जो बाइडेन छानिने भएका हुन् । 

यसअघि त्यहाँ नयाँ राष्ट्रपतिको यो कार्यक्रममा निवर्तमान राष्ट्रपतिको सधैं उपस्थिति हुँदै आएको थियो । चार वर्षअघि ट्रम्प राष्ट्रपति चुनिए पछि तत्कालीन निवर्तमान राष्ट्रपति बाराक ओबामा पनि कार्यक्रममा सहभागी भएका थिए । 

यसअघि यसरी आफ्नो सत्ता हस्तान्तरणमा असहज भएका बिदा हुँदै गरेको राष्ट्रपति थिए– एन्ड्र्यु जोनसन । उनले सन् १८६९ मा राष्ट्रपति निर्वाचित युलाइसेस ग्रान्टको कार्यक्रममा जान मानेका थिएनन् ।

यसअघि अमेरिकी सन्चारमाध्यमहरुले ट्रम्प यो दिन गल्फ खेल्नका लागि स्कटल्यान्ड जान सक्ने बताएका थिए । 

ट्रम्प स्वयंले सामाजिक सन्जाल ट्विटरमा आफू कुनै कार्यक्रममा सहभागी नहुने जानकारी दिएका हुन् । तर, उनी जाने भनिएको स्कटल्यान्डमा उनलाई प्रवेश नदिने त्यहाँकी मन्त्री निकोला स्टर्जेनले बताएकी छिन् । कोरोनाभाइरस महामारीका कारण अहिले ट्रम्पलाई वा अरु कोही व्यक्तिलाई विशेष काम नभइ छिर्न नदिने नीति भएको उनले बताएकी हुन् ।





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया